बितेको २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ। हाल देशभर कोरोन भाइरसको सक्रिय संक्रमितको संख्या २२३२ रहेको छ।