(नेप्से) परिसूचक सामान्य अंक बढ्यो

HTV Khabar २८ भाद्र २०७९, मङ्गलबार १२:२९ मा प्रकाशित

काठमाडौं, साताको तेस्रो कारोबारको दिन मङ्गलवार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंक बढेको छ। सोमवार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा पुगेको छ।

मंगलबार प्रि-ओपन सेसनमा ८ स्टकको १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको १८० कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर छ।