प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?

HTV Khabar ३० मंगशिर २०७९, शुक्रबार ०७:३१ मा प्रकाशित
काठमाडौं, प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ दशमलव ९५ प्रतिशतका दरले लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। जसमध्ये प्रति शेयर ४ प्रतिशतका दरले बोनश शेयर र प्रतिशेयर ४ दशमलव ९५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ।                                                                                                           बैंकको प्रस्तावित बोनश शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्।