बुधवार सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि

HTV Khabar १० फाल्गुन २०७९, बुधवार १२:०२ मा प्रकाशित

नेपाली बजारमा आज  बुधवार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका  अनुसार बुधवार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

बुधवार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य बुधवार स्थिर रहेको  हो। त्यसैगरी, बुधवार चाँदीको मूल्य भने बढेको छ मङ्गलवारको  तुलनामा बुधवार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।  बुधवार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्ग्लवार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।